नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा विश्व क्यान्सर दिवसको अवसरमा ७७ जिल्लामै कार्यक्रम

khabarwave
१९ माघ २०७७

काठमाण्डाै ।   नेपाल अर्बुद रोग निवारण  संस्थाले  विश्व क्यान्सर दिवसको अवसरमा  बिबिध कार्यक्रमहरु  गर्ने भएकाे छ । संस्थाद्वारा साेमबार  आयाेजित पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय का.वा.अध्यक्ष महेश श्रेष्ठले विश्व क्यान्सर दिवस माघ २२ गते बिशेष कार्यक्रम गर्न लागेकाे बताउनु भयाे । उहाँले मंगलबारदेखि माघ २२ गतेसम्म  कार्यक्रम गर्नकालागि बिशेष तयारी गरिएकाे बताउनुभयाे ।पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय का.वा.अध्यक्ष महेश श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएकाे छ -नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो स्थापना काल वि.सं. २०३९ देखि नै अर्बुद रोग विरुद्धको अभियानमा अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपालमा अर्बुद रोगबारे पूर्णतया जनचेतनाको अभावको बेला स्थापना गरिएको यस संस्थासँग पूर्व देखि पश्चिमसम्म गरी ४४ वटा जिल्ला शाखाहरुको सक्रियतामा समाज सेवामा निःश्वार्थ भावले समर्पित समाज सेवीहरुको सक्रिय योगदान स्वरुप नेपाली जनमानसमा क्यान्सर रोगबारे जनचेतना अभिबृद्धि गर्न उल्लेखनिय भूमिका संस्थाले निर्वाह गरेको व्यहोरा जानकारी गराउँदछौं ।
विश्व क्यान्सर दिवस सन्दर्भ भएकाले नेपाल र विश्वको तथ्याङ्क अनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सर रोगीहरु रहेका र त्यसमध्ये करिब ९६ लाख मानिसको मृत्यु भएको उल्लेख गरिएको छ । नेपालको सन्दर्भमा वर्षमा करिव २६ हजार नयाँ बिरामी थपिएको देखिन्छ भने १९ हजारको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । नेपालमा करिब हाराहारी ५० देखि ६० हजार क्यान्सर रोगीहरु रहेको अनुमान गरिएको छ । विगतका ५ वर्ष भित्रमा करिब ४३ हजार क्यान्सर बिरामीहरु पूर्ण रुपमा निको भएको तथ्याङ्कले देखाएको छ ।
क्यान्सर रोगको प्रमुख कारकतत्वको रुपमा रहेको सुर्तीजन्य प्रदार्थ बिरुद्ध गरिदै आएको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुर्तीजन्य प्रदार्थमा हाल नेपाल सरकारबाट लगाउदै आएको कर न्यून भएकोले सुर्तिजन्य पदार्थको सेवन बृद्धि हुदै आएको हुदा कर बृद्धि भएमा मानिसहरुमा सेवनमा कमि आउने अनुसन्धानबाट देखिएको हुदा संस्थाबाट नेपाल सरकार समक्ष सुर्तिजन्य पदार्थमा शतप्रतिशत कर बृद्धिका लागि दवाबमुलक हस्ताक्षर संकलन कार्यक्रमको आयोजना गरी नेपाल सरकार समक्ष बुझाउने कार्यक्रम रहेको र उक्त हस्ताक्षर कार्यक्रम संस्थाको शाखा कार्यालयहरु त्था उपत्यकामा हस्ताक्षर कार्यक्रम भै रहेको र उक्त हस्ताक्षर बिश्व क्यान्सर दिवसका दिन नेपाल सरकार समक्ष बुभाउने कार्यक्रम समेत रहेको यहाँहरुमा जानकारी गराउदछौं । सोही सिलसिलामा नेपाल बिकास अनुसन्धान प्रतिष्ठानको सहकार्यमा मिति २०७७ माघ २१ गतेका दिन “ सुतिजन्य पदार्थ नियन्त्रण तथा कर बृद्धि सम्वन्धि नीति कार्यान्वयनको प्रभाकारिता ” बिषयक कार्यशाला गोष्ठीको आयोजना गरिनुको साथै मिति २०७७ माघ २२ गते बिश्व क्यान्सर दिवसको दिन बिश्वभरका क्यान्सर रोको कारणले मृत्यु हुनु भएकाको आत्माको चिर शान्तिको कामना तथा क्यान्सर रोगिहरुको शिघ्र स्वास्थ्यको कामना गर्दे पसुपति मन्दीरको पछाडी बागमतीको छेउमा दीप प्रज्वलन तथा आरती कार्यक्रम समेत राखिएको जानकारी गराउदछौं ।
शुरुमै क्यान्सर रोगको उपचार भए पूर्ण रुपमा क्यान्सर रोग निको हुने भएकोले यसबारे जनमानसमा जनचेतना अभिबृद्धि गर्न अति आवश्यक भएकोले क्यान्सर रोगको क्षेत्रमा कार्य गर्ने अन्तराष्ट्रिय संस्था यु.आई.सि.सि.ले हरेक वर्षको फेवु्रवरी ४ तारिखका दिन विश्व क्यान्सर दिवसको रुपमा विविध कार्यक्रमहरु गरि मनाउँदै आइरहेको सन्दर्भमा संस्थाले पनि संस्थाको जिल्ला शाखाहरु मार्फत ७७ जिल्लाहरुमा उक्त दिन यस वर्षको नारा “I AM And I WILL”,  “म हुँ र म गर्छु ।” मा आधारित भएर विविध कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाउन लागेको हुँदा पत्रकार मित्रहरुबाट सञ्चारका माध्यमहरुबाट जनमानसमा जानकारी गराई दिनुहुन तथा कार्यक्रमहरुमा सक्रियता पूर्वक सहभागी भई विश्व क्यान्सर दिवस सफल बनाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
त्यसै गरि अन्य जिल्लाहरुमा जिल्ला शाखाहरुबाट तीन दिनसम्म विविध कार्यक्रम सहित प्रभातफेरी, दिप प्रज्वलन, जनचेतना कार्यक्रमहरुको आयोजना गरि मनाउन लागेको जानकारी गराउँदछौ ।
साथै क्यान्सर रोगबाट बिजेता प्राप्त गर्नु भएका बिरामीहरुको बिवरणहरु अध्ययन गरी तयार पारिएको केस स्टडी रिपोर्ट यस कार्यक्रममा रिलिज गरिन लागेको समेत  जानकारी गराउदछौं ।

 

 

Loading spinner