नेपाललाई चीनले दिने भयाे ३ लाख डोज कोरोना भ्याक्सिन

khabarwave
१८ माघ २०७७

काठमाण्डाै ।  चीनले आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ। चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको बताइएकाे छ । चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ।

नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ।दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ। अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ।

चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो। यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ। खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ।

नेपालमा भने चिनियाँ खोपलाई अहिलेसम्म अनुमति नदिइएकाेले खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिटै खोप नेपाललाई उपलब्ध गराउने बताएको छ।

 

Loading spinner