ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

khabarwave
१८ माघ २०७७

काठमाण्डाै । कैलालीकाे   घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिबार  सवारी दुर्घटना भएकाे छ । शनिबार राति ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ  ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन्।

 

Loading spinner