आन्तरिक राजश्व विभागकाे महानिर्देशककालागि कडा प्रतिस्पर्धा , कसले बाजी मार्ला ?

khabarwave
१६ माघ २०७७

काठमाण्डाै ।  आन्तरिक राजश्व विभागका महानिर्देशक  तीन हप्तादेखि नेतृत्वविहीन छ। सरकारले तीन हप्ता अघि  आन्तरिक राजश्व कार्यलयका महानिर्देशक विनोद कुँवरलाइ गण्डकी प्रदेश सरकारकाे आन्तारीक मामिला मन्त्रालयकाे सचिब पदमा सरुवा गरेपछि विभागका    नेतृत्वविहीन बनेकाे हाे । अर्थमन्त्री विष्णु पौडेलले नयाँ महानिर्देशकको नियुक्ति गर्न सकेका छैनन । महानिर्देशकका लागि कडा प्रतिस्पर्धा देखिएका कारण अर्थमन्त्रीलाइ निर्णय लिन कठिनाइ भएकाे हाे ।  महानिर्देशकका लागि  प्रवल दावेदारका रुपमा सहसचिब बलराम रिज्याल, रामेश्वर दंगाल ,दीर्घराज मैनाली,चन्द्रकला पौडेललगायत छन ।

राजश्व अनुसन्धान बिभागका महानिर्देशक दीर्घ मैनालीलाई प्रवल दावेदार मानिएको छ  । त्यसैगरी  चन्द्रकला पौडेल, उद्योग मन्त्रालयका सहसचिब बलराम रिज्यालदेखि अर्थमन्त्रालयका सहसचिब  रामेश्वर दंगाल महानिर्देशककालागि दाैडधूपमा छन ।

Loading spinner