फुटेकाे नेकपा एउटै बनाउन बामदेव अघि सरे , छुट्टै राष्ट्रिय एकता अभियान घोषणा

khabarwave
१४ माघ २०७७

काठमाडौं । नेकपाका नेता बामदेव गौतमले छुट्टै राष्ट्रिय एकताअभियान घोषणा गरेका छन् । बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६सय ५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो ।

अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने भएको छ ।केही समयभित्रै ओली र प्रचण्ड समूहका नेताहरु यो अभियानमा सामेल हुने गौतमले दावी गरेका छन् । तर, त्यसअगाडि यो समूहको प्रदेश, जिल्ला, पालिका देखि वडा तहसम्म संरचना बनाइने भएको छ ।

Loading spinner