कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रम यस्ता छन्

khabarwave
१३ माघ २०७७

काठमाडौं ।  नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्नेछन् ।

फागुन ७ मा सातवटै प्रदेशमा जनसभा गर्ने विषयमा पनि छलफल भएको थियो । तर, ७ गते प्रजातन्त्र दिवसमा सरकारी कार्यक्रम नै हुने र ८ गते शनिबार परेकाले फागुन दोस्रो साता काठमाडौं केन्द्रित ठूलो सभा गर्न नेताहरु सहमत देखिएका छन् । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले शीर्षनेताहरुबीच भएको सहमतिअनुसार आन्दोलनका कार्यक्रम प्रस्ताव गरे, जुन सर्वसम्मतरुपमा पास भएकाे थियाे ।

 

Loading spinner