सवारी दुर्घटनामा ४ काे मृत्यु , १८ घाइते

khabarwave
८ माघ २०७७

काठमाडौं ।बिहिबार बेग्लाबेग्लै घटनामा चारकाे मृत्यु भएकाे छ भने १८ घाइते भएका छन । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।उता सप्तरीकाे हुलाकी राजमार्ग अन्तर्गत  खडक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ ।

खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरी प्रहरीले जनाएकाे छ ।मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका र उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।

Loading spinner