ओली पक्ष कारबाहीमा उत्रियाे, प्रदेश कमिटीका अध्यक्ष र जिल्ला अध्यक्षहरु फेरियाे

khabarwave
६ माघ २०७७

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ । भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको छ ।

त्यस्तै बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ । त्यसैगरी ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष चयन भएकाहरुमा क्रमशः काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदिप कट्वाल रहेका छन् ।

 

Loading spinner