प्रचण्डले भने-केपी ओली जस्ता भेडाहरुको संगत गरियो

khabarwave
५ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै  पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरेका छन ।  प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै उनले अघि भने, ‘त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, अनि हामी हेरेर बस्न सक्छौं र त्यसकारण जनअदालतमा फैसला सुनाउने दिन आयो भनेका छन ।

आफ्नो समूह निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अघि भने, ‘केपी ओली जस्ता भेडाहरुको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो । त्यसैले ऐना अगाडि उभिएर हेरौं।

 

Loading spinner