स्वतन्त्र सांसद मनाङ्गेकाे पारिश्रमिकबाट नेकपाले लेबी काटेपछि आपत्ति, भन्छन-बरु राजीनामा दिन सक्छु

khabarwave
४ माघ २०७७

काठमाण्डाै । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले उनको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएपछि फिर्ताकाे माग गरेका छन ।गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका उनले  केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए ।

उनले दुई तिहाइ बहुमतका लागिमात्र नेकपालाई समर्थन गरेको बताएका छन् तर, सांसद मनाङ्गेले पाउने पारिश्रमिकबाट नेकपामा लेबी गएको देखिएपछि   आपत्ति जनाएका छन् । उनले भनेका छन – ‘म स्वतन्त्र नै हुँ, कुनै पार्टीमा प्रवेश गरेको आधार छैन, समर्थनमात्र हो,’ यदि कुनै पार्टीले जबर्जस्ती गरेको रहेछ भने बरु राजीनामा दिन सक्छु ।

निर्वाचन आयोगको रेकर्डमा पनि उनी स्वतन्त्र सांसदकै रुपमा रहेको र संसदमा पनि उनी नेकपामा प्रवेश गरेको आधिकारिक जानकारी अझै खुल्न सकेको छैन । संसद सचिवालयमा नेकपाले सांसदको सूची पठाएको भए पनि उनी आधिकारिक प्रवेश गरेको जानकारी नभएको पाइएको छ ।मनाङ्गे स्वतन्त्र हुँदा सत्ता समीकरणमासमेत असर गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अहिले २६ सांसद छन् । सरकारलाई ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि साथ दिँदा २९ सदस्य पुग्छ । पार्टी विभाजन भएको खण्डमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न ३१ सांसद चाहिन्छ ।गण्डकीमा अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका १३, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

 

Loading spinner