एसएसपीमा बढुवा सिफारिश भएका ११ जना काे-काे ?

khabarwave
२९ पुष २०७७

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार  बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रहरी उपरीक्षकहरू उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, कृष्णकुमार महत, गोविन्दकुमार शाह, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हाे ।

 

 

Loading spinner