मन्त्रिले काम गर्ने बातावरण नभएकाे भन्दै दिए राजीनामा

khabarwave
२२ पुष २०७७

काठमाण्डाै ।सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् । राजीनामामा उनले काम गर्ने बातावरण नभएकाे उल्लेख गरेका छन । राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजिनामा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयमा मन्त्री बोहरासँगै गएका थिए ।बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।

 

Loading spinner