कांग्रेसकाे संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने निर्णय

khabarwave
८ पुष २०७७

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हाे ।  भोलि ९ गते बस्ने बैठकले प्रदर्शनका कार्यक्रम तय  गर्नेछ ।

यसअघि केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा त्यसबारे पार्टीले शशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए । केन्द्रीय समिति बैठकमा  नेता महतले संसद भंग गर्न सिंगो कम्युनिष्ट पार्टीका नेताहरू नै सक्रिय रहेकोले यो वा त्यो खेमासँग सहकार्य गरेर भन्दा पनि कांग्रेस एक्लै विरोधमा उत्रिनुपर्ने बताएका हुन्।प्रधानमन्त्री ओलीको संविधानविपरीत कदमलाई जनताले साथ नदिने पनि उनको भनाइ छ।

 

Loading spinner