बेलायतमा तीव्र रुपमा कोरोना फैलिदैँ,   नेपालसहित ५० भन्दा बढी मुलुकहरुले रोके उडान

khabarwave
८ पुष २०७७

काठमाण्डाै ।भाइरसले  बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना नयाँ परिवर्तन गरेपछि पचासभन्दा बढी मुलुकहरुले बेलायतबाट हुने सम्पूर्ण उडानमा रोक लगाएका छन् । हाल बेलायतमा देखिएको नयाँ किसिमको भाइरस ‘भियूआइ–२०२०१२०१’ यस अघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाइएको छ । यही कारण बेलायतस्थित नेपाली दूतावास लण्डनले मंगलबार एक सूचना जारी गर्दै नेपालका लागि तत्काल पर्यटक एवम् अन्य भिसा जारी नगरिने बताएको छ ।

नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई मंगलबारबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै दूतावासले उक्त सूचना जारी गरेको छ ।पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर, मृतक संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक वृद्धि भएको छ । मंगलबार एकैदिन बेलायतमा ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ८०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिइएको लकडाउन घोषणा गरेको छ, जुन यसअघि गरिएको देशव्यापी लकडाउन जस्तै छ ।

नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मिति पुस ७ गतेको निर्णयले संयुक्त अधिराज्यबाट प्रस्थान गरी नेपाल जाने एवं संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । पुस ७ गते एयरपोर्टमा ट्रान्जिटमा रहेको बाहेक अर्को सूचना नहुन्जेलसम्म नेपाल आगमनमा रोक लगाइएको हो । नेपाल सरकारको सोहि निर्णयलाई आधार मान्दै यस अवधिमा नेपालका लागि भिसा वितरण गर्ने कार्य स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

 

Loading spinner