इन्भेष्टमेन्ट बैंकद्वारा १८.५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको केही समय अघि बसेको बैठकले गतवर्षको नाफाबाट आफ्नो १४ अर्ब २४ करोड ८९ लाख चुक्ता पुँजीको आधारमा २ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद वितरण गरिने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । सो लाभांश वितरण भएपछि बैंकको चुक्ता पुँजी १६ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।