आन्दोलन चर्किने र मुख्य केन्द्रबिन्दु काठमाडौं हुने भन्दै सुरक्षा निकायले बढाए उच्च सतर्कता ,नेताहरूकाे निबासमा सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति

khabarwave
६ पुष २०७७

काठमाडौं । सुरक्षा निकायले प्रतिनिधिसभा विघटनसँगै आन्दोलन चर्किने रआन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । सुरक्षास्राेतकाअनुसार आइतबारदेखिनै प्रधानमन्त्री केपी शर्मा ओली , नेकपका नेताका निवासमा उच्च सतर्कता अपनाइएको छ । प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रमपछि विकास भएको ‘सुरक्षा चुनौती’बारे आइतबार चारवटा सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर जानकारी लिएका थिए । त्यसपछि सुरक्षानिकायले उच्च सर्तकतता अपनाएका हुन ।

प्रचण्ड-माधव नेपाल समूह र ओली समूहका मुख्य नेताको निवासमा सुरक्षा सतर्कता अपनाइएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएकाे छ । आजदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । आन्दोलनको मुख्य केन्द्रविन्दु माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उच्च प्रहरी अधिकारीका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरुको निवासमा सुरक्षा सतर्कता अनाइएको छ ।

Loading spinner