प्रचण्डलाई भेटेर प्रधानमन्त्री बादलकहाँ पुग्दा, माधव नेपाल प्रचण्ड निवास छिरे

khabarwave
४ पुष २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन्। खुमलटार बैठकमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा पार्टी उपाध्यक्ष वामदेव गौतम नि पुगेका थिए।

ओली खुमलटारबाट बाहिरिएर मन्त्री क्वाटरमा रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यता, खुमलटारमा भने प्रचण्ड र वामदेवबीच छलफल जारी रहेको बताइएको छ। नेकपा विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्री ओली पार्टी नेता भेट्न बालुवाटार बाहिरि निस्किएका हुन्। ओली र प्रचण्डको भेटलाई महत्वका साथ हेरिएको छ।

यस्तै, अन्य सचिवालय सदस्यसँगको छलफललाई पनि महत्वपूर्ण रहेको बताइएको छ। उता अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानमत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निस्के लगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष प्रचण्ड निवास छिरेका छन् ।

Loading spinner