प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

khabarwave
४ पुष २०७७

काठमाण्डाै ।    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन्। पार्टीमा जारी गतिरोधका बिच ओली दाहाल निवास छलफलका लागि जान लागेका हुन्। स्राेतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे दाहाल निवास खुमलटार जादैछन ।

शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि उनी  केहिसमय अघि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट सिंहदरबारसमेत नगएका  प्रधानमन्त्री ओलीकाे खुमलटार यात्रालाइ अर्थपूर्णरूपमा हुरिएकाे छ ।

Loading spinner