स्वास्थ्यमा निर्देशकहरुको जिम्मेवारी हेरफेर

khabarwave
३ पुष २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतका प्रमुख महाशाखाका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी हेरफेर हुनेहरुमा व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेल, परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी र उपचारात्मक महाशाखाका प्रमुख डा. तारा पोखरेल रहेका छन् ।

डा. खरेललाई उपचारात्मक महाशाखामा  उपचारात्मक महाशाखाका प्रमुख डा. पोखरेललाई परिवार कल्याण महाशाखामा र  परिवार कल्याण महाशाखाका प्रमुख डा. तिंकरीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । त्यसैगरी, मन्त्रालयले विभागको महत्वपूर्ण मानिने आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारीमा रहेका चुडामणि भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा पठाइएको छ  । यि तीने जनालाइ मन्त्री भानुभक्त ढकालले पदबहालीकाे केहि समयपछि जिम्मेबारी दिएकामा अहिले उनले पुन जिम्मेवारी हेरफेर गरेका छन ।

Loading spinner