बालुवाटारमा मन्त्रिपरिषदको बैठक ,अध्यादेश फिर्ता लिइने

khabarwave
२ पुष २०७७

 

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेकाे  छ । बैठकले  संवैधानिक परिषद सम्बन्धि  अध्यादेश फिर्ता हुने विश्वास व्यक्त गरिएकाे छ  ।प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने आफ्नो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बताएका छन् ।

यसअघि प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगन गरेका थिए ।

मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ ।बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए ।-तस्बिर फायलबाट

 

Loading spinner