अध्यादेश र विशेष अधिवेशनको माग फिर्ता लिने सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु

khabarwave
१ पुष २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए । यसअघि अध्यादेश र विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल थालेका थिए । वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका थिए । साथमा महासचिव विष्णु पौडेल पनि थिए ।

यहीबेला प्रचण्ड–माधव नेपाल पक्षका ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगेपनिशीतलनिवासले समावेदन दर्ता गर्न मानेका थिएन ।  शीतलनिवास पुर्‍याइएको हस्ताक्षरसहितको पत्र फिर्ता लिन आग्रह प्रधानमन्त्री ओलीले प्रचण्डसँग र प्रचण्डले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

 

Loading spinner