कांग्रेसद्वारा उपमेयर र वडाध्यक्षमाथि कारबाही,बिवादित नगरपालिकाकाे जिम्मा उपसचिब चुडामणि पन्थीलाई लगाइदै

khabarwave
१ पुष २०७७

काठमाण्डाै ।  मध्यपुर थिमि नगरपालिकाकाे बिवादले नयाँ रूप लिएकाे छ । नगरप्रमुख मदनसुन्दर श्रेष्टकाे गलत गतिबिधिकाे बिरूद्व उभिदै  आएकाहरूलाइ थप उर्जा दिनुपर्नेमा कारबाही गरिएकाे छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले मध्यपुर थिमि नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मी र  वडा नम्बर २ का अध्यक्ष राम थापामगरलाई लाई कारबाही गरेको छ। नगरसभामा सहभागी हुन पार्टीले दिएको निर्देशन नमानेको भन्दै कांग्रेसले उनलाई पार्टी सदस्यसमेत नरहने गरी सात दिने कारबाही गरेको छ।त्यस्तै सोही निर्देशन अवज्ञा गर्ने मध्यपुर थिमि नगरपालिकाकै वडा नम्बर २ का अध्यक्ष राम थापामगरलाई भने पार्टीले सचेत गराएको छ। नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको संयोजकत्वमा गठित छानबिन समितिले उक्त कारबाही गरेको हाे ।  समितिमा पूर्वजिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधर तथा कांग्रेस नेता एवं नेपाल कानुन आयोगका पूर्पअध्यक्ष बाबुराजा जोशी सदस्य रहेका थिए।

भक्तपुर कांग्रेसले उपमेयर मधिकर्मी र वडा अध्यक्ष थापामगरलाई गरिएको कारबाही सदर गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा समेत सिफारिस गरेकाे छ ।उपमेयर मधिकर्मी र वडा अध्यक्ष थापामगर २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन्। वडा अध्यक्ष थापामगर भने मध्यपुर थिमि नपाका प्रवक्तासमेत हुन्।करिब एकमहिनाको कसरतपछि उक्त समितिले मध्यपुर थिमि नपामा कांग्रेसका कार्यपालिका सदस्यहरु दुईतिहाइभन्दा बढी हुँदा पनि उपमेयर मधिकर्मीले नपामा पार्टीको नेतृत्व गर्न नसकेको तथा पार्टी निर्देशन नमानेको भन्दै कारबाही गरिएकाे बताइएकाे छ । कांग्रेस पार्टीको हितविपरीत कुनै काम गरेको भए सप्रमाण कारबाही गर्न पार्टीलाई चुनौतीसमेत दिएकी छन्।उपमेयर मधिकर्मीले ‘पार्टी हितविपरीत जाने कांग्रेस मध्यपुर थिमि नगर सभापतिलगायतलाई कारबाही नहुने अनि पार्टी हितमा लाग्ने हामीलाई चै उल्टै केको कारबाही  भनी प्रश्न  गरेकी छिन ।मध्यपुर थिमि नपाको १९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका मात्रै १५ जना रहेका छन् तर उपमेयर श्रेष्ठको नेतृत्वमा दुई वडा अध्यक्ष र ५ कार्यपालिका सदस्य गरी ८ जनार नगर सभापति श्रेष्ठको पक्षमा ४ वडा अध्यक्ष र ३ कार्यपालिका सदस्य गरी ७ जना गरी दुई गुट रहेका छन्।

आफूअनुकूल निर्णय गराउने क्रममै मेयर श्रेष्ठले नपाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता पठाएपछि गएको कार्तिक ७ गतेदेखि मध्यपुर थिमि नपामा जारी गतिरोध अहिलेसम्म अन्त्य हुन सकेको छैन।सामान्य प्रशासन मन्त्रालयले पनि बहालवाला प्रमुख प्रशासकीय अधिकृत रिजाललाई सरुवा गरेर नयाँ कर्मचारी पठाउनका लागि प्रक्रिया अगाडी बढाएकाे छ । मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयका उपसचिब चुडामणि पन्थीलाइ प्रमुख प्रशासकीयकारूपमा पठाउनका लागि फायल अगाडी बढाएकाे छ । संभवत मन्त्रालयले साे बारेमा आज निर्णय लिनेछ ।

 

 

Loading spinner