कर्मचारी हाजिर नगराउने ३५ स्थानीय तहकाे अनुदान रकम कट्टा, सङ्घीय सरकारकाे निर्देशन नमान्नेमा काठमाण्डाै महानगरलगायत पहुँचबाला जनप्रतिनिधिहरूकै बाेलवाला ( सूचिसहित )

khabarwave
२८ मंसिर २०७७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी हाजिर नगराउने स्थानीय तहको अनुदान रकम कट्टा गरेको छ ।स्थानीय तहहरूबाट फिर्ता भएका कर्मचारीहरूको साउनदेखि चैत्र मसान्तसम्म ३५ जना कर्मचारीको तलब भत्ताबापतको रकम एक करोड अठासी लाख अठार हजार आठ सय सोह्र पैसा दश मात्र काट्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएकाे हो । कर्मचारी फर्काएका स्थानीय तहको अनुदान कट्टा गर्न अर्थ मन्त्रालयमा लेखी पठाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शुक्रवारको सचिव स्तरीय निर्णयअनुसार कट्टा गर्नुपर्ने विवरण र निर्णय प्रतिलिपि अर्थमा पठाइएको हो ।

मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले समायोजन भएका तर स्थानीय वा प्रदेशले हाजिर नगराएका कर्मचारीको तलब भत्ता ती तहका लागि प्रदान गरिएको तलब भत्ता बापतको रकम सम्बन्धित अनुदानबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

Loading spinner