उखुको न्यूनतम् समर्थन नयाँ मूल्यप्रति उखु उत्पादक महासंघकाे आपत्ति,आइतबार दबाबका थप रणनीति सार्बजनिक गरिदै

khabarwave
२७ मंसिर २०७७

काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । तर  सरकारले तोकेको उखुको मूल्यप्रति भने नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको आरोप छ ।

उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको पनि मैनालीको आरोप छ । नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने मैनालीले बताए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको छ ।

 

 

 

 

 

 

Loading spinner