लोक सेवाले भन्याे-  स्थगित सहसचिव र उपसचिव स्तरको दरखास्त शुक्रबारबाट सुचारु

khabarwave
२६ मंसिर २०७७

काठमाण्डाै । लोक सेवा आयोगले स्थगित सहसचिव र उपसचिव स्तरको दरखास्त शुक्रबारबाट   सुचारु गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले पद लुकाएको भन्दै केही कर्मचारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले सहसचिवको बढुवा रोक्ने रिट खारेज गरेको थियो ।आयोगका विभिन्न विज्ञापनमा १६ वटा रिट परेका छन् ।आयोगकाे बिहिबार बसेकाे बैठकले शुक्रबारबाट  दरखास्त  सुचारु गर्ने निर्णय लिएकाे हाे ।

अदालतबाट आयोगका नाममा जारी भएका अल्पकालीन अन्तरिम आदेशबाट पदपूर्ति प्रक्रिया अगाडी बढाउन बाधा नपर्ने गरी फैसला भएका असोज २८ गतेको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूको बढुवा सूचना लगायत आन्तरिक, खुल्ला तथा समावेशी विज्ञापनकाे दरखास्त लिइने भएको आयोगले जानकारी दिएकाे छ ।

Loading spinner