संवैधानिक परिषदको बैठक बाेलाइयाे, प्रमुख प्रतिपक्षी दलका नेता फकाउदै ओली

khabarwave
२५ मंसिर २०७७

काठमाडौं ।  लामाे समयपछि संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी सदस्यहरूलाइ जानकारी गराइसकिएकाे छ ।हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाइ यसबारेमा पटक पटक छलफल गरिसकेका छन ।

 

Loading spinner