अख्तियार आफैंले प्रस्ताव गरेको घुस रकम लिएको आधारमा भ्रष्टाचारको आरोप लगाउन मिल्ने कि नमिल्ने ? फैसला माघ ८ गते

khabarwave
२४ मंसिर २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले माघ ८ गते निर्णय सुनाउने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका संवैधानिक इजलासमा सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलासमा सुनुवाई सकिएपछि अब माघ ८ गते निर्णय सुनाउने तय भएको  जानकारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैंले घुस रकम उपलब्ध गराएर घुस लिएको भनी रंगेहात पक्राउ गर्ने स्टिङ अपरेसन कानून विपरीत रहेको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा २०७४ पुस २ गते रिट दायर गरेका थिए । उक्त मुद्धामा पेशी सर्दै सर्दै बुधबार सुनुवाई सकिएको हो । अधिवक्ता घिमिरेले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने अख्तियारले आफैंले प्रस्ताव गरेको घुस रकम लिएको आधारमा स्टिङ अपरेसन गरि भ्रष्टाचारको आरोप लगाउन नमिल्ने जिकिर गरेका छन् ।

 

 

 

 

 

Loading spinner