प्रमुख सचिव ज्ञवाली तानिए ,सचिव पोखरेल अतिरिक्तमा

khabarwave
२२ मंसिर २०७७

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेशका प्रमुख सचिव तोयानारायण ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रिक्त सचिव पदमा सरुवा गरेको छ ।एक सचिवको पदस्थापनसहित दुई जना सचिवको सरुवा गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले  सचिवमा बढुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्तमा रहेका सचिव गोकर्णमणि दुवाडीलाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापन गरेको छ भने त्यहाँका सचिव अर्जुनप्रसाद पोखरेललाई  पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरि अतिरिक्तमा राखिएकाे  छ ।पुसमा लोक सेवा आयोगका सचिव आनन्दराज ढकाल अनिवार्य अवकाशमा गएसँगै एक सचिव पद रिक्त हुनेछ ।

Loading spinner