नगरपालिका बिवादमा केन्द्रिय सत्ता रमिते,मेयरकाे दम्बले जनप्रतिनिधिकै गाेजी रित्ताे

khabarwave
२२ मंसिर २०७७

काठमाण्डाै । मध्यपुर थिमी नगरपालिकामा देखिएकाे बिवाद जस्ताकाे तस्तै छ । नगरपालिकाको कार्य संचालनमा देखिएको अन्यौलता सम्वन्धमा प्रवक्ता राम थापाले वहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई हटाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन नगर प्रमुखले पटक पटक मन्त्रालयसँग अनुरोध गरेको भनिए पनि आजसम्म मन्त्रालयले कुनै एक्सन लिएको छैन र कुनै रेस्पोन्स पनि गरेको नगरेकाे तथा नगरप्रमुखले निकासकालागि कुनै भूमिका नखेलेकाेमा आक्रोस प्रकट गरेका छन । उनले  प्रेस विज्ञप्तीमा भनेका छन –   २०७७ साल कार्तिक ६ गते नगरप्रमुखले बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता पठाई नयाँ पठाइदिन माग गरी पत्रकार सम्मेलन गरेर शुरु भएको विवाद अझै साम्य भएको छैन ।

वहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई हटाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन नगर प्रमुखले पटक पटक मन्त्रालयसँग अनुरोध गरेको भनिए पनि आजसम्म मन्त्रालयले कुनै एक्सन लिएको छैन र कुनै रेस्पोन्स पनि गरेको छैन । नगरप्रमुखले नयाँ प्रमुख प्रशासकीय अधिकृत चाँडै तोकिने र निज उपस्थित भए पछि सबै समस्या समाधान हुने भनेर बोलेको कुरा मिडियामा छापिना साथ मन्त्रालयका तर्फबाट प्रवक्ताले कार्य वातावरण नभएको, विगत देखि एउटै प्रवृत्ति दोहोरिएको तथा नियम कानून मान्ने प्रतिवद्धता आउनु पर्ने जस्ता जवाफ दिएर नगरपालिकाकै कमीकमजोरी औंल्याएको कुरा पनि मिडियाबाट नै थाहा भएको छ । जे जसका कमी कमजोरीका कारणले भए पनि संघीयता र स्थानीय सरकारको नयाँ अभ्यास गरिरहेको मुलुक र स्थानिय नागरिकका लागि यो चिन्ताको विषय हो ।

कार्तिक ७ पछि आर्थिक कारोवार सुचारु नहु्रँदा वृद्ध वृद्धा र अशक्त नागरिकलाई संघीय सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर हामी निरन्तर आलोचित भैरहेका छौ । हजारभन्दा बढी नागरिकको प्रकृयामा रहेको घरनक्सा पास नहुँदा आवेग र आक्रोसहरु बढीरहेका छन् । मासिकरुपमा पारिश्रमिक पाउने कर्मचारीहरुले २ महिना वित्न लाग्दा समेत तलब नपाउनु अर्को विडम्वना बनेको छ । जनप्रतिनिधिहरुकै नियमानुसार पाउने सेवा सुविधा पनि रोकिएको छ । नियमित ठेक्का टेण्डरका कामहरु अबरुद्ध हुदा सेवा प्रवाह दैनिक कमजोर बन्दैछ । उपभोक्ता मार्फत हुने विकास निर्माणका गतिविधिहरु अवरुद्ध छन् । यि तमाम समस्याहरुले हामीलाई घेरिसक्दा पनि थाहा नभए जस्तो अभिनय गरेर कति दिन गुजार्ने हो ? यि विषयमा नगरप्रमुखलाई कार्यपालिका सदस्यहरुले प्रत्यक्ष भेटेर र फोन मार्फत निरन्तर झक्झाइरहनु भएको छ । मौसममा चिसोपना बढ्दैछ । हालसम्म ३०१६ जना संक्रमितहरु मध्ये २६५० जना निको हुनु भएको ३६ जनाको मृत्यु भएको तथा ३३० जना अझै एक्टिभ संक्रमणको अवस्थामा रहनु भएको छ । यो विश्वव्यापि महामारीबाट हुने क्षति कम गराउने तर्फ हामी सबै सचेत हुनै पर्छ । No description available.

Loading spinner