जब संसद भवन अगाडीनै ‘श्रीमान गम्भीर नेपाली‘’ गुञ्जियाे……..

khabarwave
२० मंसिर २०७७

काठमाडौँ। देशको राजधानी काठमाडौँमा खुलेआम राजा कालिन राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली‘’ गुञ्जिएको छ। शनिवार नागरिक आन्दोलन -२०७७ भन्दै भएको प्रदर्शनमा विस्थापित पुरानो राष्ट्रिय गान गुञ्जिएको हो।

हजारौं मानिसले एकै स्वरमा पुरानो राष्ट्रिय गान गाउँदा हिडिरहेका गाडी, सर्वसाधारण समेत यथास्थानमा अडिएर सम्मानभाव प्रस्तुत गरेका थिए। बिहानै देखि झाकी, बाजागाजा सहित माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बानेश्वर सम्म आएर कोणसभामा परिणत भएको थियो। हजारौंको संख्यामा उपस्थित आन्दोलनकारीहरुले गणतन्त्रको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका थिए।जुन संविधानले नेपालको पुरानो राष्ट्रिय गान विस्थापित गरेर ‘सयौं थुँगा फूलका हामी’लाई मान्यता दिएको थियो। त्यहि संविधान घोषणा भएको तत्कालिन संविधान सभा भवन ( संसद भवन ) अगाडी नै फेरि  खारेज भइसकेकाे राजा कालिन धुन बजाइएको छ।

यसअघि व्यवस्था विरोधी आन्दोलनमा सरकार कडा रुपमा प्रस्तुत हुने संकेत दिएपनि अन्तिम समयमा सरकार आफ्नो निर्णयबाट पछाडी हटेको थियो। शान्तिपूर्ण विरोध र्यालीलाई दमन गरे प्रतिकार गर्ने चेतावनी नागरिक अगुवाहरुले दिए पछि सरकार पछि हटेको हो।देशमा भ्रस्टाचार, विदेशी हस्तक्षेप बढेको, अभिभावकको अभाव भएको भन्दै राजसंस्था पुनस्थापनाको लागि आन्दोलन सुरु गरिएको नागरिक अगुवाहरुले बताएका छन्।

 

 

Loading spinner