नेकपाकाे स्थायी कमिटीकाे बैठक आइतबार, दुवै अध्यक्षको प्रतिवेदन पेस गर्ने सचिवालयको निर्णय

khabarwave
२० मंसिर २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने निर्णय भएको छ ।

शनिबार बसेको सचिवालयको  बैठकले पूर्व निर्धारित समयअनुसार  आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर
गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिएको छ भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको  छ ।

 

ने

Loading spinner