उदयपुर सिमेन्ट उद्योगमा डेढ वर्षदेखि महाप्रबन्धक पद खालि, मन्त्रीको स्वार्थ नमिल्दा मिति तोकिँदै स्थगित गरिँदै

khabarwave
१९ मंसिर २०७७

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको रिक्त महाप्रबन्ध पदका लागि ९ जना मैदानमा उत्रिएका छन् । नेपाल आयल निगमको कार्यकारी प्रमुखमा तत्कालिन उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि सो पद रिक्त हुँदै आएको छ ।

करिब डेढ वर्षदेखि रिक्त रहेको सो पदमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ नियुक्ति गर्न सकेको छैन । नियुक्ति प्रक्रिया शुरु गर्दै, स्थगित गर्दै आएको मन्त्रालयले अहिले मंसिर २९ र ३० गतेका लागि सर्ट लिस्टमा परेका ९ जना उम्मेदवारहरुलाई कार्ययोजना प्रस्तुतिकरणका लागि मिति तोकेको छ ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुमा विनोद अधिकारी, श्रीकृष्ण न्यौपाने, सञ्जयकुमार लाल, आनन्द नेपाल, धु्रबबहादुर देवकोटा, अम्बरराज खैर, गोविन्दप्रसाद दाहाल, भुपेन्द्रप्रसाद अर्याल र सञ्जयकुमार रहेका छन् ।

 

Loading spinner