नेकपाका दुई पाइलट पालैपालाे शिलत निवासमा, पार्टी विवादबारे छलफल

khabarwave
१८ मंसिर २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपतिको निम्तोमा दाहाल शितल निवास पुगेका हुन् ।

नेकपा भित्रको अन्तरकलह झाँगिँदै गएपछि नेकपाको विवाद समाधानको छलफल गर्ने थलो बनाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान झगडियामध्येका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकि थिइन् ।

केही दिनअघि राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पनि शितल निवास बोलाएर पार्टीको विवादका विषयमा छलफल गरेकी थिइन् ।

Loading spinner