चीनले भारततर्फ संकेत गर्दै भन्याे- नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन

khabarwave
१८ मंसिर २०७७

काठमाडौं । चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने  बताएको छ ।पछिल्लो समयमा भारतले नेपालको चीनसँगको सम्बन्धको बारेमा चासो राख्दै आएको छ । भारतीय त्यही चासोलाई संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको हो ।

चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताइन्। त्यस्तै उनले भनिन-  मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।’

चीनले नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्‍याउन काम गर्न तयार रहेकाे बताएकाे छ ।

 

Loading spinner