सचिवालय बैठकमा नेताहरूबीच बाझाबाझ,ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरुपनि ओलीमाथि खनिए

khabarwave
१६ मंसिर २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअन्ततः बैठक बाझाबाझमै सीमित भयो र बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएकाे छ  । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएकाे र  अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिएकाे बताइएकाे छ  ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिदै  बैठक शुरु भएकाे थियाे ।कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।तर, ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने मंसिर १३ कै भनाइ दोहोर्‍याएपछि भनाभन भएकाे हाे ।

प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा ओलीले यस्तो बताएपछि नेताहरु एकछिन अन्यौलमा परेका थिए । बैठकमा करिव ४५ मिनेट आफ्नो प्रवचन दिएका ओलीले आफुमाथि निराधार रुपमा गालीगलोज लगाएर ल्याएको आरोपपत्रमा अब छलफल जरुरी नभएको पटक पटक दोहोर्याएका थिए ।

ओलीले यस्तो बताएपछि अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तावहरु पेश भएपछि छलफल गरेर निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । स्रोतका अनुसार त्यसक्रममा नेताहरुबीच चर्को स्वरमा भनाभन नै भएको थियो ।

Loading spinner