हेटौंडामा राजतन्त्रको समर्थनमा जुलुस

khabarwave
१४ मंसिर २०७७

काठमाण्डाै । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।     हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्याली निकालिएको छ । २०४७ र २०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो । र्यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए ।

हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि र्याली आयोजना गरिएको अभियानकर्मीहरूले बताएका छन ।

Loading spinner