राजतन्त्रवादी सडकमा देखिनु नेताहरुकै कुकर्म, डा. भट्टराई भन्छन्, झ्याङमा ब्वाँसो छ भन्ने नबिर्सौ

khabarwave
१४ मंसिर २०७७

काठमाडौं । पछिल्ला दिनमा देशका मुख्य शहरहरुमा राष्ट्रवादीका ब्यानरमा राजतन्त्र पक्षधरहरुको नारा जुलुस र आमसभाहरु हुन थालेका छन् । मुलुकको राजनीति तरल भएको मौका छोपेर भएका प्रदर्शनमा युवाहरुको बढ्दो सहभागिता देखिन थालेको छ । यो पृष्ठभूमिमा पूर्व प्रधानामन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखान युवाहरुलाई आग्रह गरेका छन् । यस्तै उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरुपी खाटका चार खुट्टा भएको हुँदा कुनै एक खुट्टा मात्रै भाँचिँदा पनि पूरै खाट लड्ने तथ्य नभुल्न आग्रह गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले अहिले राजतन्त्रका पक्षमा सडकमा उठेका आवाज नेताहरुको कुकर्मको परिणाम भएको अव्यक्ति दिएका छन् ।

युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!ब्दको प्रयोग गर्ने भन्ने समेत विवेक सुन्यहरु नेपालको इतिहासमा भेटिएका थिएन्न ।

 

गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भाॅचिदा पूरै खाट लड्छ।यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्मराजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्।चकचके बाॅदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून ।

पार्टीभित्रको मतभेद लम्ब्याएर सरकार नै निष्क्रिय बनाउन पाइन्न।यस्तो अवस्था जनता र मतदाताप्रति धोखा मानिन्छ।अहिलेको परिवर्तन नचाहनेहरू जुर्मुराइरहेछन्।अबका बैठकमा नेकपा बढी सचेत होस्– जनताले चाहेको ताजा तगडा सरकार हो, पार्टीको बासी झगडा होइन। अति भइसक्यो, यसभन्दा अति नहोस् ।

अहिले राजतन्त्रको पक्ष्यमा सडकमा उठेका आवाज नेताहरुको कुकर्मको परिणाम हो ।यी नालाएक जनतालाई आवश्यक पर्दा झगडा गरेर बसी रहेका छन । एकले अर्को लाई कसरी सम्मान गर्नु पर्दछ र कुन शब्दकाे प्रयाेग गर्ने भन्ने समेत विवेक सुन्यहरू नेपालकाे इतिहासमा भेटिएका थिएनन्र ।

Loading spinner