नेपालगञ्जमा राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको माग गर्दै सडकमा नाराबाजी

khabarwave
१३ मंसिर २०७७

काठमाण्डाै ।  नेपालगञ्जमा राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाकाे   माग गर्दै रयाली सम्पन्न भएकाे छ ।हिन्दूवादीहरुले सनिवार नेपालगन्जमा मोटरसाइकल रयालीसहितको शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दूवादीहरुले आज हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगन्जमा शक्ति प्रदर्शन गरेका छन् ।उनिहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापनाको पक्षमा नाराबाजी गरेका थिए ।

बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई धम्बोझी चोकमा समापन भएको रयालीमा सयौंको संख्याका मोटरसाइकलसहित आएका हिन्दूवादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता धवल शम्शेर राणाले अब मुलुकको बिकासका लागि राप्रपाको विकल्प नभएको बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले नेकपाको सरकारले मुलुकलाई ध्वस्त पारेको आरोप छ ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापनाको माग गर्दै पछिल्ला दिनमा राजाबादीहरूले प्रर्दशन गर्दै अाएका छन । केही दिन अगाडी बीरगंन्जमा पनि राष्ट्रबादीहरुकाे नाममा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापनाको माग गर्दै नाराबाजी भएकाे थियाे ।

Loading spinner