३१ पदाधिकारीको पद रिक्त, सबैभन्दा बढी लुम्बिनी प्रदेश अगाडि

khabarwave
११ मंसिर २०७७

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो । साे अनुसार मन्त्रालयमा प्राप्त बिबरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् ।लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । प्रदेश नम्बर एकमा पर्ने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ ।
तनहुँको भानु नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते गरेको अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गएपछि साे स्थान खाली छ ।रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित भएपछि साे वडा नेतृत्वविहीन छन् ।

हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।प्रदेश दुईको सप्तरीमा तीन वडा अध्यक्ष र रौतहटमा एक वडाअध्यक्ष पद रिक्त छ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई दुई जिल्लाका दुई र दुई स्थानीय तहमा दुई र दुई वडाध्यक्षको पद खाली छ ।

Loading spinner