उपसचिव भए यता उता, विवादित मध्यपुरमा श्रेष्ठले अस्वीकार गरेपछि पन्थीलाई पठाउने तयारी

khabarwave
१० मंसिर २०७७

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले केही उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयमा कार्यरत उपसचिव सुरेन्द्रजंग शाहीलाई उद्योग विभागमा सरुवा गरेको छ ।

विभागका उपसचिव प्रेम लुइटेललाई मन्त्रालयमा सरुवा गरिएको छ । लुइटेल अनुमति शाखा प्रमुख हुँदै घरेलु तथा प्रवद्र्धन शाखाको प्रमुखको रुपमा कार्यरत थिए । कानुन मन्त्रालयले  उद्योग विभागका कानुन उपसचिव टंक महत कानुन मन्त्रालयमातहत सरुवा भएका छन् । १ नम्बर प्रदेशको संसद सचिवालयमा कार्यरत कानुन उपसचिव दिपक घिमिरेको उद्योग विभागमा सरुवा भएको छ ।

त्यस्तै मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच डेढ महिनादेखि टकराव भएपछि ठप्प रहेको मध्यपुर थिमी नगरपालिकामा नगरपालिका सञ्चालन गर्न उपसचिव चुडामणि पन्थीलाई जिम्मेवारी दिने तयारी गरिएको छ । सामान्य प्रशासन मन्त्रालयले आज भोलि नै जिम्मेवारी दिन लागिएको बताइएको छ ।

मध्यपुर थिमीमा जान मन्त्रालयमै कार्यरत उपसचिव तुलसी श्रेष्ठलाई आग्रह गरिएको भए पनि उनले अस्वीकार गरेपछि पन्थीले अवसर पाएका हुन् । पन्थी यसअघि बाणगंगा, टिकापुर, बर्दिया नगपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् ।

Loading spinner