अख्तियारले वन रक्षकबिरूद्व दर्ता गर्याे मुद्वा

khabarwave
९ मंसिर २०७७

काठमाण्डाै । सवडिभिजन वन कार्यालय, मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रेमचन्द्र विश्वकर्मालाई सेवाग्राहीबाट  १२हजार घुस बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएकाे थियाे ।

अख्तियार प्रवक्ता तारानाथ अधिकारीले  जारी गरेकाे बिज्ञप्तिमा अनुसन्धानको सिलसिलामा  वन रक्षक  विश्वकर्माले सेवाग्राहीलाई चिरान काठ ओसारपसार गर्ने सहज गरिदिएबापत घुसररिसवत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले घुसररिसवतवापत लिएको बिगो बाह्र हजार कायम गरी कानुनबमाेजिम थप कार्बाहीकाे माग गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताइएकाे छ।

Loading spinner