बालकको हत्यापछि महोत्तरीमा तनाब, प्रहरीद्वारा दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

khabarwave
९ मंसिर २०७७

कठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका आज बिहानैदेखि तनाबग्रसत भएको छ। बर्दिवास नगरपािलका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिको घरमा स्थानीय बासिन्दाले आगजनी गरेपछि तनाबग्रसत भएको हो।
अहिले प्रहरीले स्थानीय बासिन्दालाई तिरवितर पार्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ। बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका छन्।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंका अनुसार आगो निभाउन दमकल पठाइएको छ। अहिले दमकलले आगो निभाउन शुरु गरेको छ। स्थानीयले बाटो अवरुद्ध गरेका कारण आगलागी भएको स्थानसम्म दमकल पुग्न केही ढिलाई भएको थियो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । चकलेट किन्न गएको बेला किराना पसले साहले हत्या गरेका थिए।

Loading spinner