बाबुरामकाे अभिव्यक्तिले गाेकुललाइ सकसक

khabarwave
९ मंसिर २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी दलका नेता डा. बाबुराम भट्टराई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिँदा उनीमाथि पनि ओली पक्षधर नेताहरु खनिएका छन् । यही बेला पूर्व मन्त्री गोकुल बास्कोटा भट्टराईमाथि खनिएका हुन् । डा. भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।

त्यसकाे उत्तर दिँदै बास्काेटा लेख्छन्, नेकपाको आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डाड्ड बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।अब पोल्टो र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेरौ के हुन्छ।

Loading spinner