सामान्य प्रशासन मन्त्रालयकाे कडा निर्णय-स्वीकृतिबिना प्रशिक्षण गरे कर्मचारीलाई कारबाही गरिने

khabarwave
८ मंसिर २०७७

काठमाडौँ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै लोक सेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा कर्मचारी उपस्थित भई वा अनलाइन माध्यमबाट प्रशिक्षण दिन सरकारको अनुमति लिनु पर्ने जनाएको हो । निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोक सेवा तयारी कक्षा चलाउन अनिवार्य रूपमा सरकारको स्वीकृति लिनु पर्ने भएको छ ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति उपलब्ध गराइएको भएमा ती सबै आजैका मितिदेखि निष्क्रिय हुनेसमेत मन्त्रालयले जनाएको छ

जसअनुसार राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्स्टिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोक सेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाउने छैनन् ।

स्वीकृतिबिना प्रशिक्षण गरे कर्मचारीलाई कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ । कर्मचारीहरू सेवा प्रवाहमा दत्त चित्त भएर लगाउन नै यस्तो निर्णय आवश्यक भएकोबताइएकाे छ ।

 

Loading spinner