१६६९ जनामा संक्रमण, ५६९९ कोरोना जितेर घर फिर्ता

khabarwave
७ मंसिर २०७७

काठमाडौं । कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ । बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६९९ जना निको भएको उनले जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

Loading spinner