चितवन घटनाले नेकपामा खैलाबैला, माधव, नारायणकाजी र रामकुमारीकाे एउटै स्वर- कारबाही हुनुपर्छ

khabarwave
६ मंसिर २०७७

काठमाण्डाै । चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा नेकपाका स्थायी कमिटीका सदस्य एवं साँसद  सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटनाकाे नेकपाका नेताहरूले निन्दा गरेका छन । पार्टीका बरिष्ठ नेता माधबकुमार नेपालले बिज्ञप्तिमार्फत भनेका छन –  स्थायी कमिटीका सदस्य एवं साँसद सुरेन्द्र पाण्डे   मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।

सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीकालागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।

त्यस्तै प्रबक्ता नारायणकाजी श्रेष्टले समाजिक संजालमार्फत स्थायी कमिटीका सदस्य एवं साँसद सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य भएकाे बताउदै यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित नगर्ने जनाएका छन ।


नेकपाकै नेतृ रामकुमारी झाक्रीले पनि समाजिक संजालमार्फत  भनेकी छिन- सांसद कमरेड सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा जे भयो यो धेरै दुखद घटना हो। केही दिन पहिले पर्सामा भएको घटना फौज्दारी केस मात्र थिएन पार्टी अनुशासनको गभ्भिर उल्लंघन थियो, वैचारिक बिचलन थियो। त्यसलाई पार्टी भित्र एजेण्डा बनाउन नसक्नु नेतृत्वको गम्भिर भूल थियो।

Loading spinner