कोरोना भाइरस -एक चिकित्सकमा पुनःसंक्रमण

khabarwave
५ मंसिर २०७७

काठमाण्डाै । दुई महिनामै विराटनगरका एक चिकित्सकलाई कोरोना भाइरसको पुनःसंक्रमण देखिएको छ । विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई पहिले संक्रमण पुष्टि भएर संक्रमणमक्त भएको दुई महिनापछि पुनः संक्रमण देखिएको हो ।पहिलो पटक संक्रमण हुँदा सामान्य पीडा सहेका उनी दोस्रो पटक भने भाग्यले बाँचेको बताउँछन् ।  कात्तिक तेस्रो साता संक्रमण मुक्त भएका उनी अझै कमजोर अनुभव भएको बताउँछन् ।

पहिलो पटक संक्रमण हुँदा सामान्य लक्षण मात्र देखिएको उनमा दोस्रो पटकको संक्रमणमा भने जटिल लक्षण देखिएको थियो । १८ साउनमा सामान्य लक्षण देखिएपछि जाँच गराउँदा उनमा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएका उनी एक महिनासम्म घरमै बसेका थिए ।पहिलो संक्रमणपछि एक महिना घरमै आराम गरेर उनी सतर्कतासहित काममा निस्किएका थिए । घर बाहिरको पानी समेत नखाएका उनी दुईवटा मास्क र पन्जा प्रयोग गर्थे । तर असोज अन्तिममा बिरामी भएपछि जाँच गर्दा ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भयो ।

 

Loading spinner