सहमतिमै नेकपामा युद्धविराम

khabarwave
३ मंसिर २०७७

काठमाडौं। सत्तारुढ नेकपा भित्र मडारिएको कालो बादल सहमतिमै केही फाटिन पुगेको छ । नेकपा सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री ओलीले अब बस्ने बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ। विवाद समाधानका विषयमा यसअघिका प्रस्ताव र ओलीले पेश गर्ने प्रस्तावका आधारमा समाधान निकाल्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैगरी बैठकले मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने र १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक मंसिर २५ बोलाउने सहमति भएको छ। यसअघि केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेलाई बोलाइएको थियो।

बैठकमा प्रधानन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

Loading spinner