आठ महिनापछि खुल्ला त विद्यालय ? यस्तो छ सरकारको कार्यढाँचा (पूर्ण विवरण)

khabarwave
३० कार्तिक २०७७

काठमाण्डाै । कोभिड–१९ महामारीका बेला बन्द रहेका विद्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ जारी गरेकाे छ । उक्त कार्यढाँचामा  बन्द विद्यालय सञ्चालन गर्ने अधिकार समिक्षा गरी निर्णय गर्नै अधिकार स्थानीय तहलाई दिएकाे छ । उक्त कार्यढाँचामा भनिएकाे छ -स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ ।

गत ५ चैतमा बसेको कोरोना नियन्त्रण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । असारदेखि औपचारिक रुपमै भर्चुअल कक्षाहरू सञ्चालन भएको थियो । आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत गर्न भनिएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

विद्यालय खाेल्ने यस्ताे छ तयारी



Loading spinner