नेकपा सचिवालय बैठक सहमतिमा शुक्रबार बस्दै

khabarwave
२७ कार्तिक २०७७

काठमाडौं ।   लामाे रस्साकस्सापछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ ।महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाइएकाे बताइएकाे छ ।महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्शपछि  शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको हाे ।

Loading spinner